जंगली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै जाग्राम

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायत तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन्। चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्छन्। […]