बाढीले अवरुद्ध भयो पोखरा–बागलुङ सडक

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ।मंगलवारदेखि लगातार भइरहेको वर्षाका कारण बाढी आउँदा पर्वतको कुश्मा नगरपालिकामा पर्ने तमादी खोलामा सडकमा ढुंगासहितको लेदोले सडक नै पुरेपछि बुधवार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका हवलदार वैकुण्ठ पौडेलले बताए।बुधवार बिहानदेखि बाढीले ढुंगा, गेगर र माटो बगाएर सडकमा थुपारेपछि पर्वत सहित म्याग्दी र बागलुङबाट कुश्मा बजार हुँदै बाहिरिने तथा अन्य जिल्लाबाट ती जिल्लामा भित्रिने सवारीहर