दुर्व्यवहारविरुद्ध बोल्ने ‘सही समय’ कुन हो ?

केही समय अगाडि एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले ८ वर्ष पहिले यौन दुर्व्यवहार गरेको खुलासा गरिन् । सन् २०१४ को सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेसनल’ मा भाग लिने क्रममा आयोजकले आफूलाई ६ महिनासम्म यौन दुर्व्यवहार गरेको उनको आरोप छ । बालिका बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परिसकेका छन् । साथै उनलाई अर्की युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐन विरुद्धको कसूरमा जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो