काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गरेका छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि नि