उमेश राईले जिते १६औँ धर्मश्रीको उपाधि

झापाका उमेश राईले १६औँ धर्मश्री शारीरिक सुगठनको उपाधि जितेका छन् । शनिबार अबेर राति सम्पन्न प्रतियोगिताको फाइनलमा एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि हात पारेका हुन् । राईले...

सम्बन्धित सामग्री

हरिले जिते वेलम्यान समर रन २०२३ को उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधि नेपालका हरी कृष्ण बिष्टले जितेका छन् । दुवइ स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० किमि दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधि जित्न सफल भएको दुवइबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए […] The post हरिले जिते वेलम्यान समर रन २०२३ को उपाधि first appeared on Hamro Khelkud.

१९ वर्षीय किशोरले जिते यूएस ओपनको उपाधि

स्पेनका १९ वर्षीय किशोर कार्लोस अल्कारेजले क्यास्पर रुडलाई पराजित गर्दै यूएस ओपनको उपाधि जित्न सफल भएका छन् । आफ्नो पहिलो मेजर फाइनल खेलिरहेका अल्कारेजले ६–४, २–६, ७–६ (७–१) र ६–३ को जीत हासिल गरेका हुन् ।सन् २००५ मा राफायल नाडालले फ्रेन्च ओपनको उपाधि जिते यता कुनै पनि ग्रान्ड स्लाम उपाधि जित्ने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । उता २३ वर्षीय रुडले फाइनलमा जीत हासिल गरेको भए उनी टेनिसमा विश्वको नम्बर १ खेलाडी बन्ने थिए । तर उनले आफू पुगेको दुवै फाइनलमा हार बेहोरे

विम्बल्डनको उपाधि जोकोभिचले जिते

काठमाडौँ – अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले। दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले । जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि […]

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोक

किड्स क्यापिटल-२०२२ को उपाधि सुनम्रता र आरोनलाई

काठमाडौं । चौथो संस्करणको किड्स क्यापिटल-२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठले जितेका छन् । आइतबार ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरु फेसन एम्बासडरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जिते भने किड्स क्यापिटल हुन्छ डटकम एम्बासडरको उपाधि आश्रृया थापाले जितिन् । प्रतियोगितामा युवान श्रेष्ठ र आस्भी केसीले लिटिल स्टारको उपाधि जिते भने किन्स […]

जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधि

२८ असार,  काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते । जोकोभिचले बेरेट्टिनीलाई ६-७, ६-४, ६-४, ६-३ ले पराजित गरे […]

राजेन्द्र र ईन्द्रले जिते भेट्रान टेबल टेनिसको उपाधि

काठमाडौँ, ८ असार: राजेन्द्र बज्राचार्य र ईन्द्र शेखर खड्काले ओलम्पिक डेको अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् । राजेन्द्रले ४५ वर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् । सुशिल बज्राचार्य र अमिर बज्राचार्यले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५५ वर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरि थापालाई पराजित गरे […]

जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

एजेन्सी। सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। गएराति भएको पुरुष एकलको फाइनलमा ग्रिसका स्टेफानोस सिसिपासलाई ६-७, २-६,६-३,६-२ र ६-४ को सेटमा हराउँदै करियरमा दोस्रोपटक फ्रेन्च ओपन जितेका हुन्। जोकोभिचले सुरुका दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जिते। फ्रेन्च ओपनको उपाधि राफेल नाडालले १३ पटक जितेका छन्।

रूडले जिते जेनेभा ओपनको उपाधि

एजेन्सी। कास्पर रूडले शनिबारराति डेनिस शापोभालोभलाई २–० को सेटमा हराउँदै जेनेभा ओपनको उपाधि जितेका छन्। नर्वेका रूडले आफ्नै देशका शापोभालोभलाई ७–६(८/७), ६–४ को सेटमा हराएका हुन्। रूडको करियरमा यो दोस्रो उपाधि हो। उनले गत वर्ष ब्यूनस आयर्समा उपाधि जितेका थिए। ‘‘यो साता मेरो लागि अविश्सनीय रह्यो’’, उनले भने, ‘‘अब मेरो तयारी फ्रेन्च ओपनका लागि हुनेछ।’’