आज नेपाल सरकार अर्थ मन्त्रालय र नेपालस्थित स्विट्जरल्याण्डको राजदूतावास मार्फत स्विट्जरल्याण्ड सरकारबीच नयाँ प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम परियोजना कार्यान्वयनका लागि झण्डै १ अर्ब रुपैयाको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । क्वालिटी परियोजनाको समग्र उद्देश्य नेपाली युवाहरूले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिमबाट लाभान्वित हुनु र राम्रो रोजगारीका सम्भावनाहरू सुनिश्चित गर्नु रहेको छ […]