धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।  सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो । यस्तो छ घटना विवरण :२०७७ साल फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्ब

सम्बन्धित सामग्री

डोजरको अत्याशलाग्दो कथा !

२०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि स्थानीय सरकारका प्रमुख तथा वडाध्यक्षहरुको पहिलो प्राथमिकतामा ‘डोजर’ पर्यो । डोजरले डाँडा भत्काउने खालको विकासे एजेण्डा त पर्यो नै, साथमा  आफैँ डोजर किनेर मालिक बन्ने होडबाजीले मुलुकको खर्बौ रकम बाहिरियो ।पछिल्लो ५ वर्ष डोजर सहितका ‘हेभी इक्वीपमेन्ट’को आयात बढ्दा त्यसको असर हाल तरलता र विदेशी मुद्राको सञ्चितीमा परेको प्रष्ट हुन्छ । डोजर आयातको अत्याशलाग्दो तथ्यांकले पनि यसको पुष्टि गरेको छ ।कुन वर्ष कति भित्रिए ?चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिना (जेठ मसान्तसम्म) मा साढे १० अर्ब बढीका डोजर तथा एक्जाभेटर खरिद गरिएका छन् । चालु आर्थिक वर्षको जेठ सम्ममा ५ अर्ब ७८ करोड ३४ लाख १७ हजार मूल्य बराबरका एक्जाभेटर र ४ अर्ब ७९ करोड १३ लाख ८० हजारका बुलडोजर गरी १० अर्ब ५७ करोड ४७ लाख ९७ हजार मूल्यका बुलडोजर र एक्जाभेटर नेपाल भित्रिएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि अपवाद बाहेकका वडाध्यक्षहरु डोजर मालिक भए । उपभोक्ता समितिमा आफ्ना मान्छे राख्ने र आफ्नै नातेदारको नाममा खरिद गरिएको डोजर प्रयोगमा लगाएर वडाबाट विनियोजन भएको बजेट आफैँ कुम्ल्याउने ध्याउन्नमा जनप्रतिनिधि लाग्दा कुनै पनि वैज्ञानिक स्टेमेट बिना डाँडाकाँडा भत्काउने काम भईरहेका छन् ।भन्सार विभागको तथ्यांकअनुसार संघियता कार्यान्वय गर्ने नेपालको संविधान २०७२ जारी हुनुभन्दा अगाडीसम्म डोजर तथा एक्जाभेटरको आयात सामान्य थियो तर, संघियता कार्यान्वयन सुरु भएपछि डोजरको आयातमा अस्वभाविक रुपमा वृद्धि भएको छ ।संविधान जारी भएको अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७१/०७२ मा ४ अर्ब ६४ करोड ९० हजार रुपैयाँका डोजर आयात भएकोमा संविधान जारी भएको वर्ष अर्थात् आर्थिक वर्ष २०७२/०७३ मा ह्वात्तै बढेर ९ अर्ब ८४ करोड ५८ लाखका बुलडोजर तथा एक्जाभेटर भित्रिए ।स्थानीय तह निर्वाचनको सुरसार भएपछि आर्थिक वर्ष २०७३/०७४ मा बुलडोजर र एक्जाभेटर आयत वापत मात्रै १८ अर्ब २२ करोड ८१ लाख ८० हजार रुपैयाँ विदेशियो । स्थानीय तह निर्वाचन भएको वर्ष हाल सम्मकै सबैभन्दा धेरै डोजर आयात भएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा मात्रै २९ अर्ब ९५ करोड २४ लाख ३१ हजार रुपैयाँ रकम डोजर किनेरै बाहिरियो ।तर, भन्सार विभागको तथ्यांक अनुसार त्यसपछिको वर्ष भने डोजर तथा एक्जाभेटरको आयातमा एकाएक झण्डै आधाले गिरावट आयो । आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ५ करोड ७८ लाख ७७ हजार रुपैयाँको डोजर तथा एक्जाभेटर भित्रिए । आर्थिक वर्ष २०७६/०७७ मा भने विभिन्न कारणले डोजर आयातमा गिरावट आयो । २०७६ माघबाट कोरोना फैलन सुरु गरेपछि चैतबाट नेपालमा पनि लकडाउन सुरु भयो । त्यसकारण आर्थिक वर्ष २०७६/०७७ मा ८ अर्ब ३० करोड २३ लाख १४ हजारको मात्रै डोजर आयात भयो ।गत आर्थिक वर्ष २०७७/०७८ मा भने आर्थिक वर्ष २०७६/०७७ को तुलनामा डोजरको आयात बढ्यो । आर्थिक वर्ष २०७७/०७८ मा ११ अर्ब ७६ करोड ५० लाख ६६ हजारको डोजर तथा एक्जाभेटर आयात भएको छ ।चालु आर्थिक वर्षको ११ महिनामा नै बुलडोजर र एक्जाभेटर आयातवापत १० अर्ब ५७ करोड ४७ लाख रुपैयाँ बाहिरिसकेको छ ।मुलुक विकासको चरणमा रहेको भन्दै सरकारले डोजरको आयातमा ४ प्रतिशत मात्रै कर लगाउने गरेको छ । जसका कारण स्थानीय तह निर्वाचन भएको वर्ष अर्थात् आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म ७५ अर्ब ६५ करोड २४ लाखको त डोजर मात्रै भित्रिएको छ ।स्पेयर पार्टस्, बकेट, लुब्रिकेन्टस् र दाँत जस्ता अन्य पार्टस्पुर्जाहरु आयात गर्दा बाहिरिने नेपाली रुपैयाँ यस तथ्यांकमा समावेश छैन । यी सबै बस्तु आयात वापत बाहिरिएको रकम जोड्दा २०७४ सालको स्थानीय निर्वाचनपछि हालसम्म डोजर र डोजरका सामान खरिद वापत मात्रै १ खर्ब बढी रकम विदेशिएको छ । कति छन् डोजर ?डोजर कति छन् भन्ने यकिन तथ्यांक नियामक निकाय यातायात व्यवस्था विभागसँगै पनि छैन । तर, आर्थिक वर्ष २०७७/०७८ सम्म ९२ हजारको संख्यामा रहेका डोजरहरु पछिल्लो १ वर्षमा १ हजार जति थपिएको हुन सक्ने अनुमान छ ।हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष ताराबहादुर कुँबर क्षेत्री भने अब पनि डोजरको आयात यसरी नै बढिरहने हो भन मुलुकले धान्न नसक्ने बताउँछन् । अहिले भईरहेका डोजरलाई नै व्यवस्थित गरेर चलाउनुपर्ने भन्दै उनले अब डोजर तथा एक्जाभेटरको आयात रोक्नुपर्ने बताए ।

विकास र प्रेमकथाको पक्षमा

घरबाट अफिस निस्कने बेलामा ऐना हेर्दा उनी कहिले आफ्नै अनुहार एकदम नराम्रो देख्छन् त कहिले निकै राम्रो ।  अनुहार नराम्रो देखेका बेला उनलाई लाग्छ, म यति नराम्रो छु भने मैले राम्रो काम  गरेर देखाउनुपर्छ । आफू राम्रो  लागेका बेला उनी सोच्छन्, म यति राम्रो मान्छे छु मैले नराम्रो काम गर्नै हुँदैन । ‘त्यसैले मेरो रोल मोडल सर्वप्रथम मेरै घरको ऐना हो ।’ कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेजका महाप्रबन्धक राजन श्रेष्ठ भन्छन् । सुरुमा उनले कालिन्चोक ट्रेडिङ कम्पनीमा ‘क्लिनिङ इक्विपमेन्ट’ ब्रान्ड कार्चरको विक्रेतामा ६ वर्ष काम गरे । त्यसपछि मोरङ अटो वक्र्स (जेसीबी हेभी इक्विपमेन्ट डिभिजन) मा ३ वर्ष काम गरिसकेर कन्टिनेन्टल ट्रेडिङ प्रवेश गरेका श्रेष्ठको हेभी इक्पिमेन्ट (एक्स्क्याभेटर, डोजर, लोडर आदि) को व्यवस्थापन र बजार प्रवर्द्धनमा  एक दशकभन्दा बढीको अनुभव छ । ‘बजार प्रवर्द्धन वा मार्केटिङ गर्नु भनेको कुनै सामान बेच्नुमात्र होइन कन्सेप्ट बेच्नु पनि हो । त्यो गर्न सक्यो भने व्यापार दिगो हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । सेल्समा काम गर्ने मान्छेमा बाहिरी आकर्षण पनि आवश्यक हुन्छ । आवरण आकर्षक भएमात्र आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्छ र मान्छेहरू कुरा गर्नका लागि तयार हुन्छन् ।   (कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका महाप्रबन्धक राजन श्रेष्ठसम्बन्धमा व्यक्तित्व स्तम्भबाट) वर्ष ५ अंक  ४०, २०६७, जेठ २४–३०

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता

धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् । बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रूबीभ्याली गाउँपालिका वडा नम्बर १  मा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो। डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान साढे सात बजेतिर पहिरो खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । तर उद्दार भइनसकेको बताइएको छ ।...

वडाध्यक्षद्वारा उच्च अदालतको अन्तरिम आदेश उल्लंघन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं ४ का वडाध्यक्ष उत्तम थापाले उच्च अदालतको अन्तरिम आदेशको ठाडो उल्लंघन गरी सर्वसाधारण जनताको घरमा दलबल सहित आई डोजर लगाउने काम गरेका छन्।मंगलबार दिउँसोदेखि घरभित्र मान्छे हुँदाहुँदै जबरजस्ती डोजरको प्रयोग गरी घरको एक भागमा क्षति पुर्‍याई सर्वसाधारणलाई घरबारविहीन बनाउने कार्य भएको छ।स्थानीय सरकारको जिम्मेवार पदमा भएको वडाध्यक्ष जस्तो व्यक्तिले गुन्डागर्दी शैलीमा सर्वसाधारणलाई जे पनि गर्न सक्ने धम्की समेत दिएका छन्।जनताको सेवामा समर्पित गणतान्त्रिक नेपा

एक्स्काभेटरले बालुवा निकाल्दा खोसियो कालीगण्डकी किनारवासीको रोजीरोटी

पर्वत : ‘डोजर नआउने बेलासम्म त हामीले गण्डकीमा पसेर बेल्चाले निकालेको बालुवा सजिलै बिक्री हुन्थ्यो’ कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगाको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्तीका ५५ वर्षीय यामबहादुर माझीले भने, ‘बालुवा किन्ने मान्छे यहीँ आउँथे मूल्य गरेपछि ट्रयाक्टर आएर लैजाने गरेको थियो। डोजरले निकाल्न थालेपछि हाम्रो खासै बिक्दैन।’ आफूहरुले निकालेका बालुवा बिक्न छाडेपछि बिहान बेलुका छाक टार्ने पनि मुस्किल भएको माझीले बताए। ‘पहिले जस्तो बालुवा किन्ने मा

सडक खन्न डोजर आउँदा खसी काटेका थिए गाउँलेले, अहिले उठिबास!

‘ठेकेदारले जान्नुपर्ने हो, त्यहाँका मान्छे सोझा छन्, गाउँमा रोड आउने भयो भनेर खुसी भए, यस्तो पहिरो आउला भनेर सोचेका थिएनन्,’ हिमाली गाउँपालिका-४ का अध्यक्ष रमेश विकले भने।

पहिरोले डोजर पुरिँदा दुई बेपत्ता

जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

काठमाडौँ । धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा मान्छे पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका बुढाथोकी फरार थिए । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । फरार... The post धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ appeared first on Purbeli News.

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।  सिआइबीले शुक्रबार पत्रकार ...

सिमरौनगढको रानीबास मठमा डोजर

पुरातात्विक क्षेत्रमा काम गर्दा किन विभागका प्रतिनिधि सुपरीवेक्षणमा नगएको भन्ने प्रश्नमा कुँवरले भने, ‘ठेकेदारले गर्ने सबै काममा प्रतिनिधि जाँदैनन्। अनुगमनका लागि मात्र जाने हो। सबै काममा पुरातत्व विभागका मान्छे दैनिक रूपले खटिएर हेर्न सकिँदैन।’