पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन् । तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले लगानीकर्ताको संख्यामा उल्लेख्य कमी आएको जानकारहरू बताउँछन् । यसको प्रत्यक्ष असर सेयर बजारमा पनि परेकाले नेप्से लगातार जसो घटेको उनीहरूको दाबी छ । बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि, सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा सुधारलगायतले पनि बजारमा सकारात्मक प्रभाव नदेखिनुले यो पुष्टि हुने उनीहरूको भनाइ छ ।