"शरीरमाद्यं खलु धर्मसाधनम्" (अर्थात्, सबै कर्तव्य, धर्म र जीवनका लक्ष्यहरू पूरा गर्ने पहिलो र मुख्य माध्यम यो शरीर नै हो ।हाड-छालाले बनेको यो भौतिक शरीर नै हाम्रो मन, बुद्धि र आत्माको आश्रयस्थल हो। विपद्, कठिन परिस्थिति वा क्षणिक निराशामा आत्तिएर आफ्नो जीवन टुङ्ग्याउने निर्णय गर्नु केवल एउटा व्यक्तिको अन्त्य मात्र होइन—त्यसले सिङ्गो परिवारको भरोसा, बाबुआमाको सपना र प्रियजनहरूको खुसी सधैँका लागि खोसेर लैजान्छ।
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको चौतर्फी विकासका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए। फरक प्रसङ्गमा मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्ने आफ्नो योजना सुनाए। त्यस अवसरमा […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले बुढीकण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि सक्रिय हुने पार्टीका नेता कार्यकर्ताहरूलाई अपिल
बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले विभिन्न पुल बगाएपछि मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन्। बाढीबाट चार जना बेपत्ता भएको विवरण आएको छ। बाढीले गोरखा र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। केही मोटरेबल तथा झोलुङ्गे पुल बगेपछि पदयात्रा मार्गमा आवतजावत प्रभावित भएको हो। अलपत्र परेका पर्यटकको संख्या, उनीहरू रहेका स्थान तथा […]
ज्योति नगरको समस्या समाधानका लागि विभिन्न सरकारी निकायले करिब १० करोड रूपैयाँ खर्च गरिसकेका छन्।
भूगर्भविद डा. रञ्जन दाहाल भने जमिनभित्रको पानी व्यवस्थापन नगरी बनाइएका संरचनाले जोखिम घटाउन नसक्ने बताउँछन्।
आखिर, करोडौं खर्च हुँदा पनि किन सुरक्षित हुन सकेन त ज्योति नगर?