चौपायाको ‘अल्ट्रासाउन्ड’

पशुको पनि अल्ट्रासाउन्ड ? सुन्दा अनौठो लाग्न सक्छ । पाँचथरमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गरेर चौपायाको गर्भ जाँच थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरले बोक्न मिल्ने (पोर्टेबल) अल्ट्रासाउन्ड मेसिन पाएपछि कृषकका गोठसम्मै पुगेर वस्तुभाउको गर्भ परीक्षण गर्न थालिएको हो ।