रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने