हरेक वर्ष चार लाख युवालाई रोजगारी

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा आज उहाँले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताउनुभयो ।          उहाँले भन्नुभयो, “विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तङ्गिँ्रदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नुलाई लिइन्छ ।” मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उहाँले आँैल्याउनुभयो ।          ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानगरवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब आउँदा दिनमा हामी सङ्घसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्नाका साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योजना बनाइरहेका छाँै ।”