४ महीनामा चितवनका ३१ स्थानमा देखियो बर्डफ्लु

वैशाख २०, चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महीनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।  माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए ।  उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ ओटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ ओटा, एक हजार ३८० ओटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।  पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।  बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा विक्री गर्दा रोग तिब्ररुपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो ।  वाग्मती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब डा. शरण  पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा विक्रीगर्दा रोग फैलिएको बताए । जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।  यो प्रदेशमा सबैभन्दा बढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ । सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तिव्र परीक्षण गर्ने काम गरिरहेको र  परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए ।  नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए । छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो ।  पूर्बी क्षेत्रमा रोगको प्रकोप निकै वढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा रू. एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।  नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्यांक नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए ।  रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अवस्थामा कृषक पुगेको उनको भनाइ थियो । हालसम्मकै संकटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

सुर्खेतमा बर्डफ्लु देखियाे

९ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकामा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले पुष्टि गरेकाे छ । बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार प्रभावित स्थलमा पंक्षीहरु […]

वीरेन्द्रनगरमा ‘बर्डफ्लु’ भेटियो

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भने, ‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।’उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक

१० जिल्लामा फैलियो बर्डफ्लु

१० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ।विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको

मकवानपुरमा बर्डफ्लु पुष्टि

मकवानपुरमा पनि बर्डफ्लु पुष्टि भएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लिला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका...

ताप्लीको बर्डफ्लु नियन्त्रणमा

दुई साताअघि उदयपुरको ताप्ली गाउँपालिकामा फैलिएको कुखुराजन्य रोग बर्डफ्लु नियन्त्रणमा आएको छ। १५ दिनअघि ताप्ली ३ इनामेका बिभिन्न गाउँबस्तीसहित सिंगो वडामा फैलिएको बर्डफ्लु पशु चिकित्सकको प्रयासपछि नियन्त्रणमा आएको हो।...

वीरगञ्जमा बर्डफ्लु देखियो

वीरगञ्ज – वीरगञ्जको एक कुखुरा फार्मको कुखुरामा बर्डफ्लु संक्रमण भेटिएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही टोलमा रहेको कुखुरा फार्ममा बर्डफ्लु देखिएको हो। भेडियाही टोलमा सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु देखिएको पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा हरेराम यादवले जानकारी दिए। अन्सारीले सञ्चालन गरेको कुखुरा फार्ममा रहेको १९ सय जति कुखुरा मरेपछि पशु […]

चितवनमा फेरि बर्डफ्लु देखियो

चितवनमा फेरि बर्डफ्लु देखिएको छ । भरतपुर–८ मा रहेको महत्तो पोल्ट्री इन्डस्टिज प्रालिमा बर्डफ्लु देखिएपछि फार्मका कुखुराहरु नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात...

काठमाडौं उपत्यकामा पनि देखियो बर्डफ्लु

काठमाडौं उपत्यका र चितवनमा पनि बर्डफ्लु देखा परेको छ । एक महिनाअघि मोरङमा देखिएको बर्डफ्लु काठमाडौं र चितवनमा पनि देखिएको हो ।पशु सेवा विभागका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवाखानी र चितवनको राप्ती नगरपालिका–६ मा बर्डफ्लु फैलिएको पुष्टि भएको छ । बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको […]

काठमाडौंमा कसरी देखियो बर्डफ्लु?

पन्छीजन्य वस्तु आयातभन्दा पनि प्राकृतिक कारणले बर्डफ्लु देखिएको अनुमान उनको छ।

बर्डफ्लु फैलिन नदिन व्यावसायिक फार्मलाई निगरानी

एक महिनाअघि भारतको हरियाना, हिमाञ्चल, मध्यप्रदेशमा बर्डफ्लु देखिएको थियो । अहिले आएर नेपालमा समेत बर्डफ्लु देखापरेको छ । बर्डफ्लु देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको छ । भारतमा देखिएको बर्डफ्लु नेपालमा समेत आउन सक्ने भन्दै सरकारले पशुजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । विशेषगरी बर्डफ्लु चराचुरुङ्गीबाट सर्ने गर्छ ।पशु सेवा विभागले प्रयोगशालालाई सुदृढीकरण गर्ने र क्वारेन्टाइनमा […]