दसैं भ्रमणका लागि होलिडे पसलले ल्यायो ‘आकर्षक प्याकेज’

काठमाडौँ– दसैँ आउन एक महिना पनि बाँकी नरहेका बेला विभिन्न ट्राभल्स एजेन्सीहरुले आकर्षक प्याकेज सार्वजनिक गरिरहेका छन्। दसैंमा साथीभाइ, परिवारका सदस्यसँग घुम्न जानेहरुका लागि लाभदायक रहने गरी होलिडे पसल डटकमले पनि आकर्षक प्याकेज ल्याएको जनाएको छ। देशको विभिन्न रमणीय पर्यटकीय क्षेत्रको भ्रमणका लागि प्याकेज ल्याएको होलिडे पसलका संस्थापक तथा कार्यकारी निर्देशक कमल अर्यालले जानकारी दिए। […]