नाम्खा गाउँपालिकाद्वारा जग्गाको वर्गीकरण

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले गाउँपालिका भित्रका सबै किसिमका जग्गाको दश प्रकारमा वर्गीकरण गरेको छ। सबैतिर जग्गाको वर्गीकरण गर्न नसकेको टिप्पणी भइरहेका बेला विस्तृत छलफल गर्दै गाउँपालिकास्तरीय समितिले जग्गाको वर्गीकरण गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीका अनुसार समितिले गरेको जग्गाको वर्गीकरणमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, […]