दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो

काठमाडौँ। दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा मतदान स्थगित भएको छ । काँग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो । निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने […]

सम्बन्धित सामग्री

स्याङ्जाको भानु मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताए । झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाको एक मतदान केन्द्रमा हवाई फायर

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ मनहरी खर्कमा हवाई फायर भएको छ । वालिङ् नगरपालिकाका निवर्तमान मेयर दिलिप खाँण मतदान केन्द्रमा छिरेपछि नेकपा एमाले कार्यकर्ताले होहल्ला गरेकोले प्रहरीले हवाई फायर गरेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मतदान केन्द्र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]

दार्चुलामा विवाद, ३ राउण्ड हवाई फायर मतदान रोकियो

धनगढी : दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि हवाई फायर गरिएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा प्रहरीले हवाई फायर गरेको हो।विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरूबीच सहमतिको प्रयास गरिँदैछ।एकजनाको नामबाट अर्कैले मत हालेपछि विवाद

दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, मतदान स्थगित

४ मंसिर, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा […]

हुम्लामा ७ राउण्ड हवाई फायर

हुम्लामा रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न लाग्दा केही युवाहरुले ढुङ्गा मुढा गर्दा प्रहरीले सात राउण्ड हवाई फायर गरेको छ।...

बुढीगंगामा मतदान केन्द्रमा भिडन्त, प्रहरीद्धारा हवाई फायर

काठमाडौं, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा तनाव उत्पन्न भएको छ । आज स्थानीय तह निर्वाचन अन्तर्गत मतदान जारी रहेको बेला त्रिशक्ति माध्यमिक विद्यालयमा भिडन्त भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । मतदान केन्द्रमा लाइन बाहिर बसेकाहरु भित्र छिर्न खोज्ने क्रममा विवाद सुरु भएको प्रहरीले जनएको छ । विवाद […]

धनुषामा हवाई फायर

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो। डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ।

रौतहटमा पाँच राउण्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल म

गोरखाको घ्याल्चोकमा हवाई फायर

एउटै व्यक्तिले २ जनाको भोट हालेपछि गोरखाको गण्डकी गाउँपालिका वडानम्बर ७ घ्याल्चोक माविको मतदान केन्द्रमा विवाद भएको छ ।विवादपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसी ओम अधिकारीले जानकारी दिए । ‘तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ’, उनले रातोपाटीसँग भने, ‘अहिले अवस्था सामान्य भएर रोकिएको मतदान सुचारु भएको छ ।’