प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० मा ‘सरप्राइज’ दिए, सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर । नयाँ सरकार बनेको लामो समय बितिसक्दा पनि कोरोना महामारीविरुद्धको लडाइँको नेतृत्व गर्न सक्ने स्वास्थ्य मन्त्री नियुक्त नभएको भन्दै जनस्तरमा आलोचना खेपिरहेका बेला देउवाको रोजाइमा परे, सफल शिक्षा व्यवसायी श्रेष्ठ । सरकारको सफलता र असफलताको एक मात्र मानक बनेको कोरोना खोप […]