झापाको चाउचाउ उद्योगमा भीषण आगलागी

काठमाडौं : झापाको मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको छ। मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान पाँच बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको झापा प्रहरीले जनाएको छ। भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  वसन्त पाठकले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित सामग्री

खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी

खोटाङ । खोटाङमा भीषण आगलागी भएको छ । केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको हाे । घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पाँच घर पूर्ण रुपमा जलिसकेको छ । बजारमा एकापसमा जोडिएका घरमा फैलिएको नियन्त्रणमा समस्या भएको […]

कपनमा भीषण आगलागी

काठमाडौं । कपनमा भीषण आगलागी भएको छ । आगलागी भएकाे स्थानबाट विस्फोटको आवाज आएकोले ग्याँसको भण्डारणमा आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन् । कपनकाे गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं, ललितपुर, सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल […]

तनहुँको दमौलीमा भीषण आगलागी (तस्बिरसहित)

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ।...

झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापाको मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

अमेरिकाको जंगलमा भीषण आगलागी

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण जंगल आसपासका १ सय ६० घर जलेर नष्ट भएका छन् भने २ हजार भन्दा बढी सर्वसाधारण बिस्थापित भएका छन् । दुई हजार अग्नी नियन्त्रक परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । ओरेगन राज्यको इतिहासमा भएको यो नै भीषण आगलागी हो । अत्यधिक […]

काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ।