अत्यधिक गर्मीले जनजीवन प्रभावित

केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्।

सम्बन्धित सामग्री

गर्मीले जनजीवन प्रभावित

केही दिनयता नेपालगञ्ज र आसपासको क्षेत्रमा तापक्रम बढेर ४०÷४२ डिग्री सेल्सियस पुग्नुका साथै तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण दिउँसो घरबाट बाहिर निस्कनेहरू घट्दै गएका छन् । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिस बाहिर निस्किने गरेका छन् । अत्यधिक गर्मी र तातो हावाका कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको बीपी चोक निवासी राजेन्द्र थापाले बताउनुुभयो ।

प्रदेश १ को तराईमा अत्यधिक गर्मी, आज तापक्रम ३८ डिग्री पुग्ने अनुमान

सुनसरी : प्रदेश १ को तराईमा दुई दिन यता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ।  बिहीबार विराटनगरको तापक्रम ३७.८ डिग्री, इटहरी र धरानको ३७ डिग्री पुगेको मौसम विभागले जनाएको छ। तापक्रम बढेपछि बजार तथा सडकमा चहलपहल घटेको छ। कालोपत्रे गरिएको सडकमा अलकत्रा पग्लन समेत थालेको छ।  शुक्रबार बिहानै विराटन...

गर्मीले जनजीवन प्रभावित, पठनपाठन बन्द

धनगढी उपमहानगरपालिका–८ का विष्णु चौधरी रिक्सा चलाएर गुजारा गर्नुहुन्छ । दिनभर रिक्सा चलाएर साँझ बिहानको छाक टार्दै आएका चौधरीको अहिले भने नियमित काम प्रभावित भएको छ । अत्यधिक गर्मी बढेपछि काम गर्न गाह्रो भएको चौधरी सुनाउनुहुन्छ । “बिहान र साँझ मात्रै केही समय रिक्सा चलाउने गर्दछु,” उहाँले भन्नुभयो, “गर्मीका कारण दिउँसो काम गर्न सकिन्न । सवारी (यात्रु) पनि भेटिँदैनन् ।”

अत्यधिक गर्मीले जनजीवन कष्टकर

तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ। लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बर्दियामा गर्मीले जनजीवन प्रभावित भएको छ। अन्तर्राष्ट्रिय जगत्मा विश्वसनीय मानिने एक्यु वेदर नामक वेबसाइटका अनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्लाको तामव्रmम सबैभन्दा बढी दैनिक ४१ देखि ४४ डिग्री सेन्टिग्रेडसम्म पुग्ने गरेको छ भने रुपन्देहीको भैरहवामा पनि ४० देखि ४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान शाखाले पनि अझै केही दिन तराईमा गर्मी नघट्ने जनाएको छ। तराईका जिल्लामा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्ने गरेको छ। अत्यधिक गर्मीका कारण तातो हावा (लु) चलेर मानिसह बिरामी पर्ने गरेका छन्।