आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाण्डाै - आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो १२ बजेपछि यी क्षेत्रमा तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हावाहुरी ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चल्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । यो वायुको प्रभावले काठ...

सम्बन्धित सामग्री