रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रले भने मलाई प्रायश्चित छ!

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए । श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग […]

सम्बन्धित सामग्री

रञ्जन कोइराला प्रकरण : चोलेन्द्रले छाडे, दीपकले थुने

सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाएको छ । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासमा घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो । पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले हत्या ठहर गर्दै कोइरालालाई २० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसविरुद्ध उच