विजुलीको पोल सार्न १ लाख ४० हजार घुस माग्ने सुपरभाइजर पक्राउ

२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजुलीको पोल सार्न सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ । प्राधिकरणको ललितपुरको पाटनस्थित सव स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीलाई पक्राउ गरेको हो । पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ […]