भुवन केसी, स्वेता खड्का लगायत चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज उनीहरुलाई पार्टी प्रवेश गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश […]