राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् । राईनासका आठ, बेंसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्य नेपालका चार, मर्स्याङ्दीका तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।शिक्षा तथा मानव स्रोतत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए ।&nbs