काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा चार सदस्य थपिएका छन्। सरकारमा थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, मात्रिका यादव र युवराज खतिवडा छन्।
राष्ट्रपति भवन सितल निवासमा चारैजनाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेलले रक्षा मन्त्रालय सम्हाल्ने छन् भने रामबहादुर थापाले गृह।