राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा संसदको बैठक पछि सञ्चार माध्यमहरुसँग बोल्नुहुदै अध्यक्ष यादवले अध्यादेश खारेज हुन्छ, अनिमन्त्रालय बाँडफाड भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

सरकार विस्तारमा यसरी बन्यो अध्यादेश बाधक

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् । पछिल्लोपटक अध्यादेश समस्याका रूपमा प्रस्तुत भएको हो ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश ख