मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्य भन्दा माथि गएको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताउनुभएको छ । संसदको अर्थ समितिले गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा सहभागी हुँदै गभर्नर अधिकारीले चालूआर्थिक वर्षमा मुद्रा स्फितिलाई साँढे ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएकोमा मुद्रास्फिति लक्ष्य भन्दा माथि गएको बताउनुभयो । मूल्य […]

सम्बन्धित सामग्री

मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनै पर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न भए पनि ब्याजदर बढाउनु पर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले मौद्रिक नतीका विषयमा छलफल गर्न आयोजना गरेको बैठकमा गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न भए पनि ब्याजदर बढाउनु पर्ने बताएका हुन्।कोभिड पछि अधिकांश देशहरुले मूल्य वृद्धि खेपेको र  ती देशका केन्द्रिय बैंकले पनि मूल्य वृद्धि रोक्न  ब्याजदर वृद्धि गरेकोले मूल्यवृद्धि कन्ट्रोल गर्न ब्याज बढाउनु पर्ने उनले बताएका हुन् । उनले मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने बताए। चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए ।२००८/०९ को मन्दीमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगेको र चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन रहेको उनले उल्लेख गरे। मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने अभ्यास ठूला र विकसित अर्थतन्त्र भएका मुलुकले लिएकोले नेपालले पनि त्यहि अनुसार गर्नु पर्ने उनले बताए। गभर्नरले आगामी दिनमा आयात नियन्त्रण गर्नु पर्ने दबाब रहेको बताए।  गभर्नर अधिकारीले पछिल्ला दिन बिदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स आप्रवाह बढेको बताए । त्यस्तै उनले नेपाल आउने पर्यटकको संख्या बढेको, बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि बृद्धि भएको र यसबाट बिदेशी मुद्राको सञ्चितिमा टेवा पुग्ने बताए ।

आर्थिक सूचकहरुलाई सुधार्न नसके मूल्यवृद्धि नियन्त्रण गर्न कठिन : गभर्नर अधिकारी

मंसिर २३, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धि सीमाभित्र नियन्त्रण राख्ने, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्ने विषय रहेको बताएका छन् ।  उनले  अहिलेको आर्थिक सूचकहरूलाई सुधार्न नसके साढे ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न निकै चुनौतीपूर्ण हुने बताए । तरलता अभावको समस्या पनि कायमै रहेकाले त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आफ्ना सबै मौद्रिक उपकरण परिचालन गरिरहेको उनले बताए । बिहीवार संसदको अर्थ समितिको बैठकमा गभर्नरले अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिंदै आयातमा थप कडाइ गर्ने योजना रहेको बताए । उनले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने पनि बताए। उनले भने,  ‘अहिले कोभिड महामारीका बेलामा नै यति धेरै बढेको आयात सामान्य अवस्थामा झन् डरलाग्दो हुनसक्नेतर्फ हामीले ध्यान दिन जरुरी छ ।’  यो वर्षको बाढीका कारण धानबालीलगायतमा पारेको असर मूल्यवृद्धिमा देखिने उनले बताए ।  उनले चालू आर्थिक वर्षको शुरूतिर विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अहिले १३ खर्ब १९ अर्ब रुपैयाँमा खुम्चिएको पनि बताए ।  विदेशी लगानी र रेमिट्यान्स घट्दै गरेको अवस्थामा आयातमा हुने भुक्तानी ह्वात्तै बढ्नु अर्को चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । उनले चालू आर्थिक वर्षमा हालसम्म ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा गइसकेको छ, तर निक्षेप ६४ अर्ब रुपैयाँ मात्रै थपिएको र यहाँ साढे ३ खर्ब रुपैयाँको अन्तर देखिएबाटै तरलता अभाव हुने नै भयो भनेका छन्  ।