रसुवामा कोरोना परीक्षणका लागि स्वाब संकलन रोकियो

रसुवामा कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य रोकिएको छ । त्रिशुली अस्पताल नुवाकोटले कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य बन्द गरेसँगै बिहीबारदेखि जिल्लामा कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य रोकिएको...

सम्बन्धित सामग्री

कोभिड-१९ परीक्षणका लागि प्रधानमन्त्री देउवाको स्वाब संकलन

प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी प्रधानमन्त्री निवास बालुवाटार गएर देउवाको स्वाब संकलन गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका थिए । गत शुक्रवार सत्तारूढ गठबन्धनको बैठक बस्दा देउवा र प्रचण्डको बीचमा भेट भएको थियो । प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । ...

ओखलढुंगामा स्वाब संकलन गर्ने कीटको अभाव

ओखलढुंगामा कोभिड–१९ को लक्षण देखिएका विरामीको स्वाब संकलनका लागि आवश्यक कीटको अभाव भएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका बिरामीको स्वाब संकलन गरेर परिक्षणका लागी विराटनगर, धरान वा काभ्रेको धुलिखेल स्थित प्रयोगशालामा ल्याउनुपर्छ । कीट अभाव भएको भन्दै ओखलढुंगाका कांग्रेस नेता रामहरी खतिवडाले आइतबार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई भेटेर कीट पठाउन आग्रह गरेका छन् । समुदायमा कोरोना फैलिएको हुनाले पीसीआर र एन्टीजेन परिक्षणका लागी आवश्यक  कीट पठाउन सचिव अर्याल

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो स्वाब संकलन

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि महानगरपालिकाले बिहीबारदेखि पाँचवटा केन्द्र तोकेर स्वाब संकलन गर्न सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले पहिलो लहरको कोरोना भाइरस संक्रमणको बेला पनि कन्ट्याक्ट टे«सिङमा परेका र लक्षण देखिएकालाई निःशुल्क पीसीआर […]

कोरोनाको लक्षण देखिएका घरदैलोमै पुगेर स्वाब संकलन

सल्यान : जिल्लाको कुमाख गाउँपालिकाले कोरोना स्वास्थ्यकर्मीसँगै जनताको घरदैलोमा पुगी स्वाब संकलन थालेको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि संक्रमितको खोजी कार्य गर्न र उपचार गर्न स्वास्थ्यकर्मीसहितको टोली घरदैलोमा पुगी स्वाब संकलन थालेको हो। गाउँपालिका अध्यक्षसहितको स्वास्थ्यकर्मीको टोली कोरोना भाइरसको लक्षण देखिएका घरमा पुगी पिसिआर र एन्टिजेन परीक्षण गरी रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्। गाउँपालिकाको टाट्के, भितिवन, स्वीकोट पाखा, रागेचौ, जिमाली लगायत

साथी एपमार्फत घरबाटै स्वाब संकलन हुने

राइड सेयरिङ एप साथीले घरबाटै कोभिड–१९ को पीसीआर परीक्षणको लागि स्वाब संकलन सुविधा सुरु गरेको छ । राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौँ, सुरक्षित रहौँ’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब)सँग सहकार्य गरी कस्टुमरलाई सहज रुपमा घरमै पीसीआर स्वाब संकलन सुविधा सुरु गरेको हो […]

म्याग्दीका वडा वडामा पुगेर स्वाब संकलन

म्याग्दी । म्याग्दीमा पीसीआर परीक्षणका लागि समुदायस्तरमै पुगेर स्थानीयको स्वाब संकलन गर्न थालिएको छ । म्याग्दीको बेनी नगरपालिकाका र धवलागिरि गाउँपालिकाले वडा वडामा पुगेर स्वाब संकलन र एन्टीजेन परीक्षण शुरू गरेका हुन् । बेनी नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि रोकथाम, नियन्त्रण र व्यवस्थापन प्रभावकारी बनाउन सबै वडामा पुगेर पीसीआर परिक्षणका लागि स्वाब संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ । आइतवार नगरपालिकाका विभिन्न वडामा स्वाब संकलन गरिएको छ । शनिवार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड व्यवस्थापन समितिको बैठकले नगरपालिकाभित्र कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरेको थियो । सोहीअनुसार वडामा स्वाब संकलन शुरू गरिएको हो । कोभिड नियन्त्रणका लागि सबै वडामा टास्कफोर्स गठन समेत गरिएको नगर प्रमुख श्रेष्ठले बताए । यस्तै बिरामीलाई अस्पतालसम्म ल्याउन गाडीको व्यवस्था र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा आइतवारसम्म १६० जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ ।

प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि आज स्वाब संकलन गरिएको छ। २७ गते संसदको विशेष अधिवेशनका लागि सांसदकासाथै बैठकमा सहभागी हुने सबैको स्वाब संकलन र परीक्षण गर्न थालेको हो। यही सिलसिलामा प्रधानमन्त्री ओलीको पनि स्वाब संकलन भएको हो। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षाकर्मी र चालकहरुसहित १०० जना भन्दा बढीको स्वाव संकलन गरिएको छ।

वीरगंजमा भोलिदेखि महानगरले टोलटोलमा स्वाब संकलन गर्ने

वीरगंज : वीरगंज महानगरको स्वास्थ्य महाशाखाले बैशाख २४ गतेदेखि टोलटोलमा घुम्ती स्वाब संकलन टोली परिचालन गर्ने भएको छ। पछिल्ल्लो समयम वीरगंज पुनः हटस्पट बनेपछि कोरोना संक्रमितको सम्पर्कमा आएका वा ज्वरो, रुघाखोकी जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद विरामीहरुको सुविधाको लागि यो घुम्ती टोली परिचालन गरिएको वीरगंज महानगरका मेयर विजयकुमार…

सर्लाहीमा कोरोना जाँचका लागि ३६ जनाको स्वाब संकलन

सर्लाहीको मंलगवामा कोरोना भाइरसको परीक्षणका लागि कोरोना लागि आइतबार ३६ जनाको स्वाब संकलन गरिएको छ । मंलगवामा कोरोना भाइरसको परीक्षणका लागि कोरोना लागि आइतबार ३६ जनाको स्वाब संकलन गरिएको छ ।मलंगवा नगरपालिका–३ निवासी ४२ वर्षीय पुरुषका गएको वैशाख ८ गते गम्भीर बिरामी परेर वीरगन्ज उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई मृत्यु भएपछि उनकोे परिवारका […]