टी–ट्वान्टी लिग : जनकपुर दोस्रो स्थानमा उक्लियो

जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।जनकपुरका लागि सन्दीप जोराले ७७ रनको अर्धशतकीय पारी खेले त्यस्तै चाडविक वाल्टनले पनि अविजित ६९ रनको अर्धशतकीय पारी खेले । फार वेस्टका लागि करण केसीले २ विकेट लिए । यसअघि पहिले ब

सम्बन्धित सामग्री

नेपाल टी–ट्वान्टी लिग क्रिकेट : लुम्बिनी अल स्टार विजयी

काठमाडौँ,२० पुष । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौंँ नाईट्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर […]

नेपाल टी- ट्वान्टी लिग: लुम्बिनी अल स्टार विजयी

काठमाडाैँ- पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो। लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो। विराटनगरका लागि हुसेन […]

नेपाल टी–ट्वान्टी लिग आजदेखि

काठमाडौं, पुस ९ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको लिगमा शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान सवा ९ बाट सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा लुम्बिनी […]

दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिनले नेपाल टी-ट्वान्टी लिग खेल्ने

काठमाडौं । दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । काल्भिनले नेपाल टी-ट्वान्टीको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका हुन् । लुम्बिनीले शनिबार सामाजिक सञ्जालबाट काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ । लुम्बिनीले अष्ट्रेलियाका अलराउण्डर बेन कटिङको स्थानमा काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ । काल्भिनले १९ टी–ट्वान्टी, ६९ प्रथम श्रेणी […]

नेपाल टी–ट्वान्टी लिग सर्यो

संघ प्रदेशको चुनावका कारण सुरक्षा दिन व्यवस्था नहुने भएपनि नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।क्यानले लिगको नयाँ मिति घोषण गरेको छैन् । आगामी मंसिरमा हुने निर्वाचनसम्म लिग सरेको क्यानले जनाएको छ।  यसअघि पहिलो संस्करणको नेपाल टी–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो । गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।

नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ ।  क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा […]

नेपाल टी–ट्वान्टी लिग : चार टिम घोषणा, दुई टोली आउन बाँकी

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताका टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको बिराटनगर सुपरकिङ्ग्स र गोल्डस्पोर्टस् प्रालि भारतको जनकपुर राेयल्स रहेका छन् ।क्यानका कार्यवाहक सचिव  प्रशान्त विक्रम मल्लले दुई टोली भौतिक रुपमा उपस्थित नहुँदा आज सार्वजनिक नगरिएको जानकारी

क्यानले गर्यो टी–ट्वान्टी लिग खेल्ने टोलीको घोषणा

काठमाडौँ – नेपाल क्रिकेaट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ। आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने छ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए। उनका अनुसार टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा […]

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन् । बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।क्यानले राष्

नेपाल टी–ट्वान्टी लिग : ‘ए’ ग्रेटका खेलाडीले न्युनतम १५ लाख पाउने

नेपाल टी–ट्वान्टी लिग खेल्ने ‘ए’ ग्रेटका खेलाडीहरूले न्युनतम १५ लाख रुपैया पाउने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेलाडीहरु पाउने रकम सार्वजनिक गरेको हो । नेपाल टी–ट्वान्टी लिग क्रिकेट असोज ८ गतेबाट कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।६ टोलीको सहभागिता हुने प्रतियोगितामा ‘बी’ ग्रेटका खेलाडीले न्युनतम १० लाख र ‘सी’ ग्रेटका खेलाडीले न्युनतम ५ लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।