मतदान केन्द्रको स्थलगत अवलोकन

डाेटी। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डाेटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ । जिल्लाको शिखर नगरपालिका, जोरायल गाँउपालिका र बडिकेदार गाउँपालिकामा रहेको मतदान केन्द्रको अवलोकन गरिएको हो । यसअघि पूवीचौकी गाउँपालिकामा रहेको मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो । जिल्ला सुरक्ष समिति डोटीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकबहादुर विष्टको नेतृत्वमा […]

सम्बन्धित सामग्री

दोलखाका १० केन्द्रको मतदान रद्द

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रको मतदान रद्द गरेको छ । स्थलगत अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा आइतबार आयोगको पूर्ण बैठकले दुईवटा गाउँपालिकाका १० केन्द्रको मतदान रद्द गरेको हो । रद्द भएका केन्द्रमा मंसिर १४ मा मतदान हुने आयोगले जनाएको छ ।

मतदान केन्द्रको स्थलगत निरीक्षणमा जिल्लाका उच्च स्तरीय टोली

रसुवा– रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ ।  आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको हो ।  मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, […]

स्थानीय निर्वाचन र स्थानीय तहका मतदान केन्द्र (फोटो फिचर)

वैशाख २९, काठमाडौं । मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचनमा  वैशाख ३० गते मतदाताले मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहको निर्वाचनको मतदान गर्न मतदाता पनि तीव्र प्रतीक्षामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले मतदानका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले बताएको छ । यस्तो अधिकार केवल ५/ ५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । मतदान केन्द्रमा घोचो गाडेर, बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । मतदान स्थलमा आवश्यक निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । यसैक्रममा हाम्रा संवाददाता सुनिल शर्माले काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रको बिहीवार स्थलगत निरीक्षण समेत गरेका छन् । हेरौं तस्वीरहरु :

सुशीला कार्कीसहितको पर्यवेक्षक टोली मतदान केन्द्रको निरीक्षणमा

काठमाडौं । पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टोलीले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया […]

सुशीला कार्कीलगायत पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् । उनले मतदान केन्द्रमा महिला र पुरुषहरूका लागि छुट्टै ठाउँ बन

रसुवाका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण

रसुवा– रसुवाका मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्माणाधीन मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको हो ।  बुधबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निर्वाचन अधिकारी श्रीराम थापालगायतको टोलीले मतदानस्थल र मतदान केन्द्र निर्माण तथा निर्वाचनको व्यवस्थापनलगायतको स्थलगत निरीक्षण गरेका हुन् […]

सुरक्षा समिति सदस्य सम्मिलित टोलीद्वारा मतदानस्थल निरीक्षण

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सुरक्षा समिति सदस्यहरू सम्मिलित टोलीले बिहीबार मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको छ। टोलीले दक्षिणकाली नगरपालिकामा रहेका कुल १५ वटा मतदानस्थल र सो स्थलका २६ वटा मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए। यसअघि […]

सुरक्षा समितिद्वारा मतदान केन्द्रको अनुगमन

सिमकोट – जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको अनुगमन गरेको छ। मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारे जानकारी लिन समितिका संयोजक समितिको टोलीले अनुगमन गरेको हो। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रको स्थलगत रुपमा अनुुगमन गरिएको बताइन्। समितिका सदस्यहरूले अनुगमन गरिएका मतदान केन्द्रमा भीमसेन आधारभूत विद्यालय, बालविकास र कालाशिल्ता […]

मतदान केन्द्रको निरीक्षण - News of Nepal

कुमार श्रेष्ठ⁄बाँके   जिल्ला सुरक्षा व्यवस्थापन समितिले मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेको छ। मतदाता र कर्मचारीको सुरक्षादेखि भित्रिने र बाहिरिने द्वारको अवस्थाका बारेमा सुरक्षा अधिकारीहरूले अवलोकन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरीका एसपी तथा कोहलपुरका डीएसपीलगायतको टोलीले कोहलपुर क्षेत्रका एक दर्जन मतदानस्थलको अवलोकन गरेको थियो। कोहलपुर क्षेत्रका विद्याज्योति प्रावि, लक्ष्मी मावि, …