गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन्। साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ। पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अघि बढाएको थियो