दोस्रो युद्धविराममा विपिन जोशीको रिहाइको ठोस पहल गर्ने कतारको आश्वासन

२४ पुस, कञ्‍चनपुर । कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् । ‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । […]