ईमर्जिङ नेपालको आईपिओ आजदेखि बिक्रि खुला, यस्तो छ कम्पनीको अवस्था

 ईमर्जिङ्ग नेपाल लिमिटेडले आज माघ २६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरेको हो ।जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ  । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनी परिचयइमर्जिङ्ग्ग नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साल श्रावण ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै मिति २०७२÷१२÷२६ गते देखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ ।कम्पनी स्थापना गर्नुको मुख्य उद्धेश्य आधारभूत संरचनाको ढाँचा, उद्योगलाई प्रोत्साहान र व्यवस्थापन उन्मुख व्यापारलाई प्रोत्साहान गरी नेपाललाई उन्नति तर्फ अघि बढाउनु रहेको छ । यो कम्पनीको लक्ष्य राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातयात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आथर््िाक रुपमा महत्वपुर्ण योजनाहरुमा लगानी गर्नु हो । कम्पनीले विभिन्न पब्लिक लिमिटेड कम्पनीहरु, पूर्वाधार विकास सम्बन्धित कार्य गर्ने कम्पनीहरुमा लगानी गर्ने गरेको छ ।हाल कम्पनीले होटल एलिस द वोंदर इन् मिनितेद,  केयर रेटिङ्ग (नेपाल) लिमिटेड,  नेपाल इनफ्रास्ट्रक्चर बैंक लिमिटेड,  बि.एफ.आइ.एनमा लगानी गरेको छ ।पूँजी विवरणकम्पनीको अधिकृत पूँजी पाँच अर्व रहेको छ ।  कम्पनीको जारी पूँजी पचपन्न करोड छपन्न लाख रहेको छ  ।   हाल कम्पनीको चुक्ता पूँजी पचास करोड चालिस हजार रहेको छ र आईपिओ  निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी पचपन्न करोड छपन्न लाख हुने छ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ९० प्रतिशत र १० प्रतिशत रहने छ ।आधारभुत शेयरधनीहरुको विवरणकम्पनीमा  झन्डै ४ दर्जन आधारभुत शेयरधनी रहेका छन् । कम्पनीको संस्थापक शेयरधनीमा पूर्व डेपुटी गभर्नर, बैंकका पूर्व सीइओ, नेपाल सरकारका पूर्व सचिव, बैंक तथा वित्तीय संस्था र बीमाका पूर्व संचालक तथा सीइओ, बैंकर, उद्योगी व्यवसायी, पूर्व सांसद, लगायत रहेका छन् । यो पनि : ईमर्जिङ्ग नेपाल आईपिओ रिभ्यु: ३ दर्जन हाई प्रोफाइल संस्थापक, पूर्वाधारमा लगानी मुख्य उदेश्य

सम्बन्धित सामग्री

समलिंग पावर कम्पनीको संचालकमा फुयाँल

समलिंग पावर कम्पनीको संचालकमा बविता फुयाँल नियुक्त भएकी छिन् । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले ईकयुटास होल्डिङस् कम्पनीको आधिकारी प्रतिनिधिको रुपमा फुयाँललाई नियुक्त गरेको हो । कम्पनीको मुख्य...

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २९ फागुन । नेप्से परिसुचक १ सय अंकले बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवस कम्पनीको कारोबार धेरै भएको छ । आज कम्पनीको ३४ करोड बढीको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ५१० रुपैयाँ […]

फेसबुक कम्पनीको नाम परिवर्तन

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्।सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन्। फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ।फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका

आज यी कम्पनीको कारोवार सर्वाधिक

काठमाडौं, १७ भदौ । शेयर बजारमा आज भारी अंकको गिरावट आउँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको बिहीबार ५७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३२ करोड ९९ लाख बढीको कारोबार भएको छ । यसैगरी, आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड […]

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै

काठमाडौं, १३ भदौ । नेप्सेमा आज उच्च अंकको पहिरो गएको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतले कमाएका छन् । नेप्सेको अनुसार २२७ वटा कम्पनीको […]

दुई कम्पनीको सेयर मूल्यमा उछाल

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेको दिन आज दुई वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज सेञ्चुरी कर्मशियल बैंक र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य बढेको हो। आज यी दुई कम्पनीबाहेक अन्य कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेन्। यस्तै कुनै पनि कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको छैन।

१६५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।

आज यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]

जलविद्युत कम्पनीको सेयरमा आकर्षण !

कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको ह

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप एकै कम्पनीको लगाउनुपर्ने

काठमाडौं :  पहिलो चरणमा जुन कम्पनीको कोरोनाविरुद्धको खोप लगाएको हो दोस्रो चरणको डोजको मात्रा पनि सोही कम्पनीको लगाउन मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमणबारे दैनिक प्रसारण हुने मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यसबारे जानकारी दिए।हाल नेपालमा भारतबाट ल्याइएको कोभिसिल्ड कम्पनीको खोपको पहिलो चरण सकिएको छ। मन्त्रालयले जनाएअनुसार पहिला जुन खोप लगाइएको हो। बाँकी डोज पनि सोही कम्पनीको लगाउनुपर्नेछ। भर्खरै मात्र नेपालमा चीनबाट पनि ‘सेरोभेल’ कम्पनीको खोप ल्याएको छ। आजबाट