प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : माओवादी नेत्री शर्मा

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् ।रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी  गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन् ।  उनले भनिन्  अहिले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन तर बाहिर  भन्दा पार्टी र