इस्लाम धर्मावलम्बीको रमजान महिना सुरु

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको  राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए । रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुल