बजेट कार्यान्वयनका लागि साउन पर्खंदैनौं : अर्थसचिव ढुंगाना

विराटनगर । बजेट कार्यान्वयनका लागि पहिले जस्तो साउन नपर्खने अर्थसचिव शिशिर ढुंगानाले बताएका छन् । सोही अनुरूप आगामी आर्थि वर्षमा आह्वान गरिने ठूला टेण्डर निष्कासन गर्न भनिसकिएको उनले बताए । कोरोना महामारीले सबै क्षेत्र प्रभावित भइरहँदा समेत ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको टिप्पणी भइरहेका बेला ढुंगानाले कोभिडविरुद्धको खोप वितरणपछि अर्थतन्त्र चलायमान हुने र लक्ष्य अनुसार नै आर्थिक वृद्धि हासिल हुने दाबी गरे । उद्योग संगठन मोरङको आयोजना एवं आर्थिक पत्रकार समाजको संयोजनमा बिहीवार भएको बजेट कार्यान्वयन सम्बन्धी भर्चुअल अन्तरक्रियामा उनले बजेटको कार्यान्वयन १७ गतेदेखि शुरू गरिएको बताए । उद्योगी व्यवसायी र पत्रकारले बजेट कार्यान्वयमा चुनौती रहेको उल्लेख गरेपछि उनले यसमा निजीक्षेत्रले पनि यसमा सहयोग गर्नुपर्ने बताए । बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरूसँग दैनिकजसो छलफल भइरहेको उनको भनाइ छ । एन्टीडम्पिङ ड्युटी (एडीडी) र काउन्टर भ्यालिङ ड्युटी (सीभीडी)का कानून कार्यान्वयनमा ल्याइने अर्थसचिव ढुंगानाले बताएका छन् । कानूनको कार्यान्वयन उद्योग वाणिज्य मन्त्रालयको काम भए पनि अर्थ मन्त्रालयले सहकार्य गर्ने उनको भनाइ छ । उक्त कानूनको निर्माण भइसकेकाले अब नियमावली ल्याउन बाँकी रहेको जानकारी उनले दिए । उद्योगी व्यवसायीले कच्चापदार्थ र तयारी वस्तुबीच दुई तहको कर लगाउनुपर्ने माग गर्दै आए पनि त्यो कार्यान्वयन हुन नसकेको गुनासोको सम्बोधन गर्दै ढुंगानाले साफ्टा सम्झौताले भन्सार महशुलमा दिएको छूटका कारण कतिपय तयारी वस्तुको आयात सस्तो पर्ने भएकाले त्यस्ता उद्योगको संरक्षण गर्न एडीडी र सीभीडीका कानून कार्यान्वयन गर्नुपर्ने बेला आएको बताए । सरकारको पहिलो दायित्व नागरिकको जीवन रहेको र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाएपछि त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडको दोस्रो चपेटाका कारण व्यवसायी निराश भएको बेला आएको बजेटले केही आशा जगाएको बताए । महासंघले उठाएका मागहरू बजेटमा सम्बोधन भएकाले अब यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए । पहिलो चरणको कोभिड महामारीले निजीक्षेत्रलाई निकै निराश बनाए पनि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण व्यवसाय पहिलेकै लयमा फर्कन सकेको उनले बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सुनसरीको अमडुवामा सरकारको ६ सय बिघाभन्दा बढी जमीनमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले अध्ययन टुंग्याएर काम थाल्नुपर्ने बताए । धेरैपटक अध्ययन मात्र हुँदै आएको उनले उल्लेख गरे । विराटनगरमा आईसीपी सञ्चालन भइसकेको भए पनि जमीनको मुआब्जा विवादका कारण रेलमार्ग सञ्चालनमा आउन नसकेको उनले औंल्याए । अध्यक्ष प्याकुरेलले छाला लगायत धेरै उद्योगले आफ्ना उत्पादन निर्यात गरेपछि सरकारबाट पाउने इन्सेन्टिभ लिन झन्झटिलो प्रक्रिया भोग्नुपरेको चर्चा गर्दै कतिपय निर्यातमूलक उद्योगले वर्षौंदेखि इन्सेन्टिभ नपाएको दाबी गरे । उद्योग संगठनका कार्यकारी सदस्य पारस लुनियाँले आफूले टिस्यु पेपर उद्योगको स्थापना गरे पनि नेपालको राजस्व संरचनाका कारण उद्योग स्थापना भएको मितिदेखि नै बन्द गर्नुपरेको गुनासो गरे । टिस्यु पेपरका लागि चाहिने कच्चापदार्थ वुड पल्पको आयातमा ५ प्रतिशत भन्सार लाग्ने, तर तयारी टिस्यु पेपर नै ७ दशमलव २५ प्रतिशत भन्सार महशुलमा आयात भइरहेकाले उद्योग बन्द गर्नुपरेको गुनासो उनले सचिव ढुंगानासमक्ष राखे । त्यस्तै उद्योग संगठनका कोषाध्यक्ष विपीन कावराले साबुनलाई दैनिक उपभोग्य वस्तुको सूचीमा नराखिएकाले समस्या भएको उल्लेख गरे । कोरोना महामारीको बेला साबुन अति उपयोगी वस्तु भएकाले यसलाई दैनिक उपभोग्य वस्तुमा समावेश गर्न उनले आग्रह गरे । अन्तरक्रियामा उद्योग संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष भोलादुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, राकेश सुराना, सन्तोष भगत, सोम अधिकारी, प्रदीप सारडा, नन्दकिशोर राठी लगायतले उद्योगी व्यवसायीका समस्या राखेका थिए ।  

सम्बन्धित सामग्री

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली

३० साउन, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । […]

कृष्णहरि पुष्कर बने अर्थ सचिव, राजस्वमा दंगाल

२६ साउन, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी […]

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

२३ साउन, काठमाडौं । अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा ‘फेस सेभ’ गर्न अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट सुटुक्क बाहिरिए । त्यही प्रकरणमा मुछिएका राजस्व सचिव कृष्णहरि पुष्कर  कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हेर्दैछन् । करको दर हेरफेरको विषय भएकाले यो प्रकरणमा मरासिनीमाथि जति नैतिक प्रश्नहरू थिए, उस्तै प्रश्नबाट घेरिएका व्यक्ति हुन्, पुष्कर पनि । […]

अर्थसचिव मरासिनी किन मन्त्रालय फर्किन चाहँदैनन् ?

१७ साउन, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी आइतबार पोखरा थिए । त्यही दिन जनार्दन शर्मा पुनः अर्थमन्त्री  नियुक्ति भएर मन्त्रालय आउँदै थिए । मन्त्रीको पदभार ग्रहण साँझ मात्र थियो । चाहेको भए मरासिनी तत्काल उनलाई स्वागत गर्न काठमाडौं आउनसक्थे ।  विहानैदेखि अर्थमन्त्री नियुक्तिको तयारीबारे खबरहरू आएकाले चाहेको भए उनी सडकबाटै २ सय किलोमिटर छिचोल्न उनलाई कठिन […]

अर्थमन्त्री शर्माको स्वागतमा सचिव मरासिनी अनुपस्थित

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहे । अर्थमन्त्री शर्मा दोस्रो पटक मन्त्रालयमा मन्त्रीका रुपमा पदभार ग्रहण गर्दा सचिव मरासिनी भने अनुपस्थित भएका हुन् । सामान्यतया मन्त्रीलाई विभागीय प्रमुखको हैसियतमा सचिवले स्वागत गर्ने प्रचलन रहेको छ । सचिव मरासिनीको अनुपस्थितिमा राजश्व सचिव कृष्णहरि पुस्करले अर्थमन्त्री शर्मालाई स्वागत गरेका छन् […]

करका दर निर्धारण हुँदा टिप्पणी उठाउने चलन छैन

१३ साउन, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले करका दर निर्धारण हुँदा टिप्पणी उठाउने चलन नरहेको जवाफ दिएका छन् । संसदीय विशेष समितिको प्रतिवेदन अनुसार समितिले बोलाएर छलफल गर्दा उनले यस्तो जवाफ दिएका हुन । प्रतिवेदन अनुसार समितिको प्रश्न थियो, ‘विभाग तथा राजस्व महाशाखाबाट सिफारिस भएको दरभन्दा अन्तिम निणर्य भएको दर के–के मा कति अन्तर छ […]

राजस्व सचिवको वयान : म सचिव भएर पनि सचिव हैन

३ साउन, काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविन गर्न बनेको संसदीय विशेष समितिमा सोमबार वयान दिन पुगेका अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणमा आफूले राजनीतिक नेतृत्वले चाहेअनुसार सघाएको वयान दिएका छन् । बजेट निर्माण गर्दा कोही बाहिरी व्यक्ति संलग्न रहेको आरोप अस्वीकार गर्दै मरासिनीले आफूले मूलतः अर्थमन्त्रीसँग नै मिलेर बजेट निर्माण गरेको जिकीर […]

नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव मरासिनीले लिए सपथ

काठमाडौं, २० साउन । आज नेपाल राष्ट्र बैंकको सञ्चालकको रुपमा अर्थसचिव मधुकुमार मरासिनीले सपथ लिएका छन् । मरासिनीलाई सर्बोच्च अदालतका न्यायाधिस तेजबहादुर केसीले सपथ खुवाएका हुन् । अर्थसचिव नेपाल राष्ट्र बैंकको पदेन सदस्य रहने व्यवस्था छ । निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको सरुवा प्रधानमन्त्री कार्यालयमा भएसँगै मरासनीले राष्ट्र बैंकको सञ्चालक पदमा आज सपथ लिएका हुन् ।

नेपाली अर्थतन्त्र समाजवाद उन्मुख हुन सकेन

काठमाडौं, साउन १९ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरे बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त अर्थसचिव मधु मरासिनीलाई निर्देशन दिनुभयो । सचिवले प्रतिवद्धता जनाउनुभयो । नेपालको संविधानको भाग ४ को नीति निर्देशक सिद्धान्तमै तिव्र आर्थिक वृद्धि हासिल गर्दै राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको […]

अर्थसचिव मरासिनीले गरे पदभार ग्रहण

काठमाडौं, साउन १८ । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले पद बहाली गर्नुभएको छ । अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको सोमबार पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभएको छ । मन्त्री शर्माले अबका दिनमा […]