काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट मंगलबार साँझ ७ बजेसम्म ८१ जनाको हवाई उद्धार गरेको छ। यससँगै हवाई साधनमार्फत उद्धार गरिएकाको कुल संख्या ४०८१ पुगेको छ। नेपाली सेनाले सार्वजनिक गरेको २०८३ भदौ २३ गते साँझ ७ बजेसम्मको खोज तथा उद्धार विवरणअनुसार हालसम्म उद्धार गरिएकामध्ये ३७९८ जना स्वदेशी र २८३ जना विदेशी छन्। भोटेकोशीको केबल […]
रसुवा र नुवाकोटमा भोटेकोसी बाढीले वितण्डा मच्चाउँदा घरमा आमा बिरामी थिइन्। तर, मनमा भने बाढीले थुनेको जलविद्युत् आयोजनाको सुरुङभित्र छटपटाइरहेका नागरिकलाई जसरी पनि बचाउने हुटहुटी थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रमप्रति आपत्ति जनाएकी छन्। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित कार्यक्रमले आन्दोलनका सहिद, घाइते तथा पीडित परिवारको भावनालाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ। उनले कार्यक्रमको स्वरूप, मञ्चको बनोट र धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि समेत प्रश्न उठाएकी छन्। ‘परिवारको […]
२३ भदौ, काठमाडौं । नेपालमा केही घण्टाभित्रै ठूलो उथलपुथल ल्याएको जेनजी आन्दोलनको मंगलबार एक वर्ष पूरा भएको छ ।
अघिल्लो वर्ष आजकै दिन(भदौ २३) जेनजी पुस्ताले सामाजिक सञ्जाल खुलाउनुपर्ने, सुशासन, भ्रष्टाचारविरुद्धका अजेन्डासहित सडकमा ओर्लिएका थिए ।
राजधानीका …
२२ भदौ, काठमाडौं । संसद् भवन चारैतिरबाट जेनजी प्रदर्शनकारीको घेरामा थियो। आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले अनियन्त्रित बल प्रयोग गरिरहेको थियो ।
ठीक त्यहीबेला प्रहरीको एउटा भ्यान संसद् भवन अगाडि प्रदर्शनकारीको भीड छिचोल्दै अगाडि बढ्न खोज्छ । …