गठबन्धन र एमसीसी सम्झौता जोगाउन सत्ता साझेदार सहमति नजिक, औपचारिक निर्णय गर्न छलफलमा जुट्दै

काठमाण्डाै - सत्तारुढ दल गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउन सहमति नजिक पुगेका छन् । एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न उनीहरु सहमत भएका छन् । गएराति अबेरसम्म भएको छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका हुन् । एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरुको दाबी छ । पूरक प्रस्ताव...