एमबीबीएस र बीडीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि विद्यार्थी छनौट गर्न १८ र १९ कात्तिकमा सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।