खल्तीबाट १ रुपैयाँ मै हवाई टिकट खरिद गर्न सकिने

फ्लाइट टिकेटमा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले  रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर कार्यान्वयनमा ल्याएको छ। कम्पनीले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर ल्याएको हो। यस अफर मार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन्। साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ। उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ। 

सम्बन्धित सामग्री

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ ।  यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जारी विज्ञप्तीमा उल्लेख छ । योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका एजेन्टमार्फत हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । कम्पनीले देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्ससँग यात्रुहरूले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई...

रु. १ मा हवाई टिकट प्राप्त गर्न सकिने ‘आईएमई पे’को चुनाव लक्षित अफर

काठमाडौं । ‘आईएमई पे’ले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आईएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद […]

दशैको अवसरमा आइएमई पे को अफर, हवाई टिकट खरिदमा क्यासब्याक

काठमाडौं, १३ असोज । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित आइएमई पे ले दसैंको झट्का स्कीम सार्वजनिक गरेको छ । अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको कम्पनीले […]

आइएमई पेको दसैं अफर हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित आइएमई पेको दसैंको झट्का स्कीम सार्वजनिक गरिएको छ ।अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यासव्याकको सीमा दुई […]

आइएमई पेको दसैँ अफरः हवाई टिकट खरिदमा ५०% क्यास व्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यास ब्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन बिक्रीको समयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता, साथमा क्यासब्याक पनि

आईएमई पेले दशैंको झट्का दैनिक ५० प्रतिशत फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हवाई टिकट खरिद गर्दा ५० प्रतिशत रकम फिर्ता पाउने छन् ।  आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता र सबैभन्दा बढी क्यासब्याक पाइने कम्पनीले जनाएको छ । पहिलो १०० जना ग्राहकले मात्र यो सुविधा पाउनेछन् । यो अफर असोज ११ गतेदेखि १४ गतेसम्म दिउँसो १ बजेदेखि २ बजेसम्म १...

दसैँमा डिजिटल वालेटबाट हवाई टिकट खरिद गर्दा एक हजार रुपैयाँसम्म 'क्यासब्याक'

काठमाडौं । भुक्तानी सेवा प्रदायक डिजिटल वालेटहरूले आन्तरिक हवाई टिकट खरिद गर्दा आकर्षक'क्यासब्याक' उपलब्ध गराउँदै आएका छन् । दसैँ तिहार सुरु भएसँगै सहरबाट गाउँ जान हवाई टिकट खरिद गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

मात्र १ रुपैयाँमा हवाई टिकट, कहाँबाट खरिद गर्ने ?

काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।यस अफर मार्फत खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सयसम्मको क्यास ब्याक पनि पक्का पाउने भएका छन् । यसका साथै दैनिक एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा १ रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर