बैंक अफ काठमाण्डू र हेफर नेपाल बिच वित्तीय साक्षरता कार्यक्रम संचालनमा सहकार्य

बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय  कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको छ ।  उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ रहेको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन्।बैंकले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा  प्रदान गर्दै आईरहेको छ। 

सम्बन्धित सामग्री

बीओके–हेफर नेपाल सहकार्य

काठमाडौं (अस)। बैंक अफ काठमाण्डू (बीओके) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका नागरिकलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय  कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ । बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ–सामग्री निर्माण गरी कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेल तथा हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरे । हाल बैंकले ९७ शाखा, ८५ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।