अर्थतन्त्र उकास्न र निजी लगानी बढाउन अध्यादेशमार्फत कानुन सुधार्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्त अर्थतन्त्रलाई लयमा फर्काउन र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न अध्यादेशमार्फत सरकारले कानुन सुधार गर्ने घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले १२ वटा कानुन अध्यादेशमार्फत सुधार गर्ने घोषणा गरेका हुन् ।