नेपाली सडकमा देखियो प्रोटोन एक्स ५०

बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स ५० काठमाडौंको सडकमा देखिएको छ । यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयुभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव हुनेछ ।

सम्बन्धित सामग्री

प्रोटोन एक्स ५० सार्वजनिक

काठमाडौं (अस) । मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स ५० नेपाली बजारमा भित्रिएको छ । यो गाडी नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयूभी खण्ड निर्माणमा उन्नत रहेको कम्पनीले बताएको छ । प्रोटोन एक्स ५० चार संस्करणमा नेपाली बजारमा बिक्री गरिनेछ । यो गाडीमा १.५ लिटर टर्बोचाज्र्ड, थ्री सिलिन्डर र शीर्ष प्mल्यागसिप भेरियन्टमा डाइरेक्ट इन्जेक्सन (जेडीआई) टर्बोचाज्र्ड थ्री सिलिन्डर पेट्रोल हुनेछ । जीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कको संख्या बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । काठमाडौंका सडकमा देखाइएको प्रोटोन एक्स ५० मा उन्नत चालक सहायता प्रणालीलगायत सुविधा रहेका छन् । प्रोटोन एक्स ५० एसयूभी निर्माता कम्पनीको वेबसाइटअनुसार गाडीमा उत्कृष्ट इन क्लास सुविधा ६ वटा एयरब्याग, ईबीएस, अटोहेड लाइट, वाइपर, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, आपतकालीन ब्रेकिङ, स्मार्ट एयर प्युरिफायर सिस्टमका लागि क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिट रहेका छन् । यो गाडीले एसियन–एनक्यापबाट पाँचतारे क्र्यास टेस्टरेटिङ पाएको छ । नेपालमा प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

नेपाली सडकमा देखियो बहुप्रतीक्षित प्रोटोन एक्स ५०

बहुप्रतीक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स५० काठमाडौंको सडकमा देखिएको छ।...