क्रिप्टोमा लगानी रोक्न सम्भव छ ?

नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी घोषित क्रिप्टोकरेन्सीको प्रयोग वा कारोबार गरे तथा त्यससँग सम्बद्ध हाइपर फन्डमा लगानी गरे कारबाही गर्ने सूचना जारी गरेको छ । राष्ट्र बैंकले नेपालमा रहेका विदेशी र विदेशमा रहेका नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने गरी प्रतिबन्धको सूचना जारी गरेको हो । क्रिप्टोकरेन्सीलाई नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउन खोजे पनि त्यो असम्भव देखिन्छ । चीन र भारतले प्रतिबन्ध लगाए पनि ठूलो लगानी यस क्षेत्रमा भइरहेको छ र त्यसलाई रोक्न सकेका छैनन् । राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा पिरामिड शैलीका हाइपर फन्डमा लगानी गरेर जनता नफसून् भन्ने हिसाबले यो सूचना निकालेको देखिन्छ । तर, क्रिप्टोकरेन्सी कारोबारलाई राष्ट्र बैंकका अधिकारीहरूले पूर्णरूपमा गैरकानूनी भन्न सकेका छैनन्, गैरकानूनी कामसरह मात्रै भनेर प्रतिक्रिया दिएको पाइन्छ । क्रिप्टोकरेन्सीलाई नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउन खोजे पनि त्यो असम्भव देखिन्छ । चीन र भारतले प्रतिबन्ध लगाए पनि ठूलो लगानी यस क्षेत्रमा भइरहेको छ र त्यसलाई रोक्न सकेका छैनन् । क्रिप्टोकरेन्सी कुनै आधिकारिक संस्थाले प्रवाह नगरेको हुँदा यसबापतको भुक्तानी कसैले पनि दिँदैन । फलतः लगानी शून्यमा झर्न पनि सक्छ । तर पनि विश्वभर क्रिप्टोकरेन्सीको कारोबार बढ्दो छ । एल सल्भाडोरले यसलाई कानुनी मान्यता नै दिएको छ । अमेरिका लगायतका विकसित मुलुकमा यो मुद्रासरह नै प्रयोग भइरहेको पाइन्छ । कतिपयले क्रिप्टोलाई आगामी युगको मुद्रा भनेर भन्न थालेको पनि पाइन्छ । जसरी वस्तु विनिमयको युगमा कुनै वस्तुलाई पैसासरह मानेर काम गर्न थालियो अहिले क्रिप्टो त्यस्तै मानिन थालेको छ । यस्तोमा नेपाल राष्ट्र बैंकले यसलाई रोक्न सक्ने देखिँदैन । यो नियामक निकायको नियमनभन्दा बाहिर गएर स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने डिजिटल भुक्तानीका रूपमा प्रचलनमा छ । उदारताकाका पक्षपातीहरू यसको पक्षमा देखिएका छन् । त्यसो त यसले कुनै अपराध नगर्ने भएकाले यसमा रोक लगाउनुको अर्थ नभएको कानूनविद्हरूको धारणा पाइन्छ । क्रिप्टोका फाइदा पनि छन् । खासगरी यसको माइनिङ गर्दा नेपाललाई खासै नोक्सान हुने देखिन्न । विद्युत् खपत पनि यसले बढाउने भएकाले मुलुकले यसमा पूर्ण प्रतिबन्ध लगाइहाल्नु हुँदैन भन्ने पनि एकथरीको मत पाइन्छ । क्रिप्टोकरेन्सीको लोकप्रियताका कारण मौद्रिक प्रणाली नै राज्यको नियन्त्रणबाहिर जान सक्ने चुनौती देखिएपछि विश्वका केन्द्रीय बैंकहरूले आफै डिजिटल मुद्रा निकाल्ने तयारी गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले समेत यसबारेमा अध्ययन गर्न थालेको जानकारी दिएको छ । क्रिप्टोकरेन्सीका बारेमा विवाद भए पनि नेटवर्किङ प्रकृतिको क्रिप्टो छ भने त्यसलाई रोक्नुपर्छ । किनभने पिरामिड शैलीको नेटवर्किङमा धेरै जनता फस्ने सम्भावना हुन्छ । सर्वसाधारण फस्ने खालको काममा भने रोक लगाउनु अनिवार्य नै हुन्छ । नेटवर्किङ खालको हाइपर फन्डमा रोक लगाउन पनि नेपाल राष्ट्र बैंकलाई कानूनले दिन्छ कि दिँदैन हेर्नुपर्ने हुन्छ । नेटवर्किङको गैरकानूनी कारोबारमा राष्ट्र बैंक नभएर सरकारको अर्कै निकायले हेर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई अहिले बजारमा देखिएको तरलता अभावसँग पनि जोडेर हेरेको पाइन्छ । विप्रेषणमा आप्रवाहमा आएको कमीले पनि कतै नेपाल आउनुपर्ने रकम क्रिप्टो र हाइपरफन्डहरूमा गइरहेको त छैन भनेर राष्ट्रबैंकले यसमा लगानी गैरकानुनी भएको सूचना दिएको देखिन्छ । विप्रेषण रकम अन्यत्र लगानी भइरहेको छ र त्यसले अर्थतन्त्रमा असर पारेको छ भने त्यसैअनुसार नीति बनाउनु राष्ट्र बैंककै कामभित्र पर्छ । यस्तोमा लगानी गरेर नागरिकहरू नफसून् भन्ने हो भने सूचना जारी गरेर मात्र पर्याप्त हुँदैन । क्रिप्टोमा लगानी गरेर नाफा कमाएँ भन्नेहरू समाजमा देखिएको हुँदा त्यसकै सिकोमा अरूले पनि लगानी गर्न थालेको पाइन्छ । त्यस्तै अवस्था हाइपर फन्डमा पनि छ । यस्तोमा नेपाल राष्ट्र बैंकले नागरिकलाई सही जानकारी दिएर चेतना दिनु आवश्यक छ । अन्यथा अन्य देशले रोक्न नसकेको क्रिप्टोको कारोबार कुनै न कुनै रूपमा भित्रभित्रै भई नै रहने देखिन्छ ।

सम्बन्धित सामग्री

‘भ्रष्टाचार रोक्न सरकार असफल’

नेपालमा सार्वजनिक पदको दुरूपयोग रोक्न नसक्दा भ्रष्टाचार नियन्त्रण हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनलले देखाएको छ।...

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

नदी दोहन रोक्न ‘ठेक्का’ बन्द

नदी तथा खोलाहरुमा वर्षेनी बढ्दै गएको ‘दोहन’ रोक्न स्थानीय तहहरुले ठेक्का बन्द गर्ने भएका छन्।

रुसलाई तत्काल युद्ध रोक्न माग

मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गर्दै समाजले समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको हो ।प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए । रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक

पशुबलि रोक्न माग गर्दै प्रदर्शन (तस्बिहरु)

दाङ– दसैंलगायतका चाडपर्वमा हुने पशुबलि रोक्न दबाब दिने उद्देश्यले लमहीमा प्रदर्शन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले लमहीमा प्रदर्शन गरेका हुन्। पूर्ण ब्रह्म कवीर उपासक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो। समाजका संयोजक हिरालाल चैधरीले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाब स्वरूप […]

बलिप्रथा रोक्न माग गर्दै सिरहामा प्रर्दशन

दशैंलगायतका चाडपर्वमा हुने पशु बली रोक्न दबाब दिने उद्देश्यले सिरहामा प्रर्दशन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरुले सदरमुकाम...

कालोबजारी रोक्न निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा हुने कालोबजारी रोक्न मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्यसामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी रोक्न उनले निर्देशन दिएका हुन्। वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम उनले यसको लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखी काम गर्न भनेका छन्।

बसाइँसराइ रोक्न नयाँ योजना

तनहुँ । बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ गर्ने प्रक्रियाले गाउँ रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, होम स्टे सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतका ६ वटा वडामा दश वटा होम स्टे सञ्चालन हुँदै आएका छन् । सो गाउँपालिका–...