त्रिशूली अस्पताललाई सय बेडमा स्तरोन्नति गर्छौं : प्रदेश स्वास्थ्यमन्त्री जोशी

वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जिल्ला अस्पताल त्रिशूलीलाई सय बेडमा स्तरोन्नति गर्ने बताएका छन् । बिहीबार ५९ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री जोशीले ५० शय्या भएको अस्पताललाई सय शय्या पुर्‍याउने बताएका हुन् ।