मकवानपुरमा ट्रिपर दुर्घटना २ म्यादी प्रहरी सहित ३ जनाको मृत्यु

मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा २ म्यादी प्रहरीसहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य दुई जना घाईते भएका छन्। उनीहरू थाहा नगरपालिका वडा नं १ को बज्रबाराहीमा निर्वाचनका लागि खटिएका थिए। फर्कने क्रममा उनीहरूले गाडी नपाएपछि ट्रिपरमा यात्रा रोजेका थिए। बिहिबार राती मतपेटिका सहित निर्वाचनका कर्मचारी, दलीय प्रतिनिधि बोकेर निर्वाचनमा खटिएको गाडी फर्किएको थियो।…