बर्दियाका ललिचन्द थारू दम्पतीका तीनवर्षे छोरा खेल्दाखेल्दै तातोपानीको भाँडोमा डुबे । एकैछिनमा दुवै खुट्टामा पानीका फोका उठे । फोका फुटेर घाउ पाक्न थालेकाले तीन दिनपछि उनलाई नेपालगन्जको भेरी अस्पताल पुर्याइयो । जलनको उपचार गर्न नसक्ने भन्दै त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरियो ।