चितवन। चितवनको भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, गएराति करिब २ बजेतिर बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा भरतपुर महानगरपालिका–२१ निवासी २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्यालको ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका […]
काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा आगलागी भएको छ । दिपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुङ्गा–माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो । आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भए पनि मानवीय तथा पशुचौपाया क्षति भएको छैन ।