विपक्षी गठबन्धन र वरिष्ठ पत्रकार तथा सम्पादकसँगको छलफलमा पत्रकारलाई नै बस्न दिइएन

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा जारी विपक्षी गठबन्धनका नेताहरु र वरिष्ठ पत्रकार तथा संम्पादकहरुबीच छलफलमा पत्रकारलाई भने बस्न दिइएन्। गठबन्धनका शीर्ष नेताहरुले विषयवस्तु प्रस्तुत गर्दासम्म सबै पत्रकारलाई हलमा राखियो। तर अन्तरक्रियाको समय भएपछि भने समाचार संकलनका लागि पुगेका पत्रकारलाई बाहिर निकालिएको हो। कार्यक्रम सञ्चालन गरिरहेका काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डले बोल्ने समयमा भित्र आउनेगरी बाहिर जान आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

विपक्षी गठबन्धन र वरिष्ठ पत्रकार तथा सम्पादकहरुबीचको छलफल सुरु

काठमाडौं। विपक्षी गठबन्धनका दलका शीर्ष नेताहरु र वरिष्ठ पत्रकार तथा सम्पादक बीचको अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको कार्यक्रममा सुरुमा पाँचै दलका नेताहरुले छलफलका विषयका सम्बन्धमा आ–आफ्नो धारणा राखेका छन्। सरकारले पछिल्लो समयमा चालेका विभिन्न कदम र गरेको कामका विषय उल्लेख गरेका छन्।