देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्री

काठमाडौं, कार्तिक २५ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ। “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको […]

सम्बन्धित सामग्री

देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ । यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ । जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको त...

आजको मौसम : देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस चार

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकाको न्युनतम तापक्रम बिहान पौने ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हिजोको भन्दा कम तापक्रम भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। हिजो उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। अन्य स्थानको मौसम पनि घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। यस्तै जिरी

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५ डिग्री

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकामा आज यस वर्षको जाडो सुरु भए यता कै कम तापक्रम मापन भएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अस्ति ९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो।जुम्लाको तापक्रम माइनसमा झरेको छ। पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् गं

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस-२

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ।  यो यस वर्षको अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि दिनभर मौसम सफा हुने संभावना रहेकोले चिसो थप बढ्न सक्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।  पछिल्लो मापन अनुसार जुम्लाको ता

देशभर चिसो बढ्यो, तत्काल वर्षा नहुने

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।